Monday, July 11, 2022

11: Nepal, Ukraine



राविसेको एक वर्ष र साइँली गाडको साँघु
देशकै लामो खुर्कोट–चियाबारी सुरुङमार्ग निर्माणको तयारी, छोटो बन्दै बीपी राजमार्ग
जलविद्युतमा ऐतिहासिक फड्कोः एक वर्षमा थपियो ७१७ मेगावाट
गगन प्रधानमन्त्री हुने भए मेरो समर्थन हुन्छ: विश्वप्रकाश शर्मा
श्रीलंकामा सल्किएको विद्रोहको 'आगो' आइपुग्न सक्छ नेपालसम्म ! नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राई प्रहरी हरेक घटनाप्रति चनाखो रहेको बताउँछन् । “राष्ट्रिय–अन्तर्राष्ट्रिय घटनाको विश्लेषण, अध्ययन प्रहरीको छुट्टै विभागले गर्छ । त्यसको असर नेपालमा के पर्छ भनेर पनि हेरिरहेका हुन्छौँ,” उनले भने, “त्यही आधारमा सुरक्षा योजना पनि हामीले बनाइरहेका छौँ ।”

गठबन्धनको भविष्य र कांग्रेस रणनीति
जसले जापानलाई फेरि उभ्याए सन् २००० को अगस्टमा तत्कालीन जापानी प्रधानमन्त्री योशिरो मोरीको नेपाल भ्रमण गराउने सम्पर्क-सूत्र बन्नुभएको थियो; सिन्जो आबे । ........ म सन् १९९६ देखि २००३ को सुरुमा जापानमा रातदूत रहें । त्यस क्रमको एउटा चरणमा निकै शक्तिशाली पहुँचको पद मानिने राजनीतिक नियुक्तिको ‘चिफ सेक्रेटरी’ हुनुहुन्थ्यो आबे । त्यसबेला मेरा एक जना निकटतम मित्र थिए, सांसद तादारो मासिसुता । उनैसँग परामर्श गरेर चिफ सेक्रेटरी आबेलाई भेट्न उहाँकै कार्यालय म गएको थिएँ । मैले आबेलाई भेट्न जानुको एउटै सरोकार थियो — प्रधानमन्त्रीलाई नेपाल भ्रमणमा लैजाने । यसरी सन् २००० को अगस्टमा तत्कालीन जापानी प्रधानमन्त्री योसिरो मोरीको नेपाल भ्रमण गराउने सम्पर्क–सूत्र बन्नुभएको थियो — सिन्जो आबे । ....... थोरै अग्रेजी बोल्ने आबेले ‘आई नो नेपाल, नेपाली’ भन्दै पूर्वप्रधानमन्त्री हासिमोतोका कारण, सगरमाथा आरोहीसँगको सम्पर्क र अन्य साथीभाइमार्फत नेपालबारे जानकार रहेको बताउनुभयो । जापानीका लागि नेपाल एउटा रोजिएको पर्यटन केन्द्र हो भन्दै आबेले प्रधानमन्त्री मोरीलाई नेपाल भ्रमणमा लैजान सकेसम्म कोसिस गर्ने आश्वासन पनि दिनुभयो । नभन्दै त्यसको केही महिनामा प्रधानमन्त्री योसिरो मोरी नेपाल भ्रमणमा आउनुभयो, एक दिनकै लागि भए पनि । ....... आबेसहितकै सोच र पहलमा सुरु भएको अस्ट्रेलिया, इन्डिया, जापान र अमेरिकाबीचको सुरक्षा संवाद रणनीति ‘क्वाड’ पनि उत्तिकै अर्थपूर्ण रह्यो...... आबेका मावली हजुरबा नोबुसुके किसी पनि जापानमा प्रधानमन्त्री (सन् १९५७–६०) बनेका थिए, उनका बाबु सिन्तारो आबे पनि विदेशमन्त्री (१९८२–८६) का रूपमा चिनिएका थिए । ....... सिन्जो आबेजस्ता प्रतिबद्ध र शासन पद्धतिका हक्की पात्रको स्मरण सधैं भैरहनेछ, उनको स्थिर र सुदृढ राजनीतिक कार्यकुशलताका कारण ।

२०२६ सालमा जनकपुरमा मेरो आँगनमा ५० फिटमा पानी आउँथ्यो, अहिले साढे ४ सयदेखि ५ सय फिटसम्ममा मात्र आउँछ । सिरहादेखि रौतहटसम्मका जिल्लामा गर्मी मौसममा पानी अभाव हुन थालेको छ । कुनै समयमा मन्दिर, मठ, तालतलैया पानीले भरिभराउ हुने जनकपुर अहिले फोहोर र नालाले भरिएको छ । ....... अहिले चार लेनको पूर्वपश्चिम राजमार्ग, पूर्वपश्चिम रेलमार्ग, यहाँभन्दा २०/२५ किलोमिटरमाथि मध्यपहाडी राजमार्ग र नजिकै हुलाकी राजमार्ग बनिरहेको छ । यस्तै, चुरे भएर अर्को राजमार्ग पनि निर्माणाधीन अवस्थामा छ । पूर्वअर्थमन्त्री विष्णु पौडेलको पालामा आएको बजेटमा महाभारतबाट गिट्टी निकाल्ने र विदेश पठाउने भन्ने व्यवस्था घोषणा भएको थियो । ...... नेपालमा हिमाल छ, महाभारत छ र अर्को शिवालिक छ त्यसलाई नेपालीमा चुरे भनिन्छ । हामी मधेसीहरू चुरियामाई भन्छौं । चुरियालाई देवता मानेर पूजा गर्छौं । यो क्षेत्रको १७ प्रतिशत भूमि तराई र १३ प्रतिशत भूमि चुरेमा छ । यसरी लगभग ३० प्रतिशत भूमिमा नेपालको कुल जनसंख्याको ५५ प्रतिशतभन्दा बढी बसोबास गर्दै आएका छौं । ........ तराई अन्नको भण्डार हो । २०२४/२५ सालसम्म नेपाल धान निर्यात गर्ने मुलुकमध्ये पाँचौं स्थानमा थियो । आज चीन, भियतनाम, भारतमा धेरै धान उत्पादन हुन्छ र उनीहरू नै निर्यात गर्ने प्रमुख मुलुक बनेका छन् । करिब ४० वर्षको यात्रामा हामीले अन्नको भण्डार झन् बढाउनुपर्नेमा त्यसलाई नष्ट गरेर विदेशबाट ठूलो परिमाणमा आयात गरिरहेका छौं । ......... यो क्षेत्रमा रहेका वनजंगलमा पाँच सय प्रजातिका चराचुरुङ्गी छन् । विभिन्न प्रकारका जनावर छन् । यसरी हेर्दा चुरे जैविक विविधताको करिडोर हो । यो पानी र प्राकृतिक साधनस्रोतको भकारी पनि हो । यसकारण चुरेलाई नष्ट गरेपछि मधेस सोझै मरुभूमि भइहाल्छ । ........ यही प्रकारले निरन्तर रूपमा चुरेको दोहन हुँदै गएमा आगामी ३० वर्षमा सम्पूर्ण मधेस मरुभूमि हुन्छ भनेर वैज्ञानिकहरूले भनिरहेका छन् । चुरे क्षेत्रबाट मात्र १ सय ६४ वटा नदी निस्किरहेका छन् । ......... यहाँ शिक्षा र स्वास्थ्यको अवस्था नाजुक छ । संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय सरकारलाई दिएको छ । तर, शिक्षक पठाउने, पुस्तक पठाउने, पाठ्यक्रम तयार पार्नेलगायत सबै काम केन्द्रबाट हुँदै आएका छन् । मधेसको शिक्षा झनै कमजोर छ । किनकि केन्द्रबाट बन्ने पाठ्यक्रम र सिकाइ प्रणालीले मधेसको प्रतिनिधित्व गर्न सक्दैन । यसकारण शिक्षाको गुणस्तरमा सुधार हुन सकेको छैन । शिक्षा राम्रो नभए समाज बर्बाद भएर जान्छ । ........ मधेसमा पनि करिब ०.५ प्रतिशत जनसंख्या निकै सम्भ्रान्त छन् । बहुसंख्यक नागरिक कृषि पेसामा आबद्ध छन् । पछिल्ला वर्षमा किसानहरू खेत बेचेर खाडीमा ऊँट चराउन गएका छन् । तर, यहाँ बसेर भैंसीपालन, खेतीपाती गर्दैनन् । यहाँ खेती गर्दा मल, पानी, बीउ, प्राविधिक सहयोग केही पाइँदैन भन्ने उनीहरूको गुनासो छ । कृषिको अवस्था झन् नाजुक छ । ......... जनकपुरमा निजी अस्पताल खुलेका छन् । तर, सामुदायिक स्वास्थ्य संस्थाको हालत बर्बाद छ । बेलायतमा नेसनल हेल्थ सर्भिसले स्थानीयस्तरमा सेवा दिन्छ । हामीकहाँ पनि संरचना छ । जुन पार्टी आउँछ अस्पताल खोल्छ । तर, त्यहाँ सेवा हुँदैन । त्यसैले मानिस निजी अस्पतालतिर जान्छन् । यसरी शिक्षा र स्वास्थ्यमा सुधार ल्याउनु ‘फलामको चिउरा चपाउनु सरह’ काम हो । यद्यपि त्यो नगरी मधेसमा सामाजिक रूपान्तरण गर्न सम्भव छैन । यस्तै, मधेसमा दलित र जनजाति पनि ठूलो तप्कामा छन् । त्यसलाई मूल प्रवाहमा ल्याउन सकिएको छैन ।





नेपालमा अब परिवर्तन सम्भव छ भने जनता यसरी जागैरै हो - अन्यथा भ्रम हो। सबै भ्रष्ट नेता, कर्मचारी, व्यापारी, न्यायाधीश, जनप्रतिनिधिहरूको घर घेर्दै सम्पत्ति जफ्त गरी राष्ट्रियकरण गर्नुपर्छ।

‘चुरेको दोहन नरोकिए मधेस मरुभूमि बन्छ’ चुरेको जथाभावी दोहनको परिणाम नदीहरुले बर्सेनि तराईमा डुबान पार्नुका साथै खेतीयोग्य जग्गाको कटान गरेका छन्, यसले अन्न उत्पादन घटाएको छ, गरिबी बढाएको छ ....... २००७ सालको क्रान्ति मलाई अलिअलि मात्र याद छ । तर, २०१७ सालको घटना मेरो सामुन्ने छ । त्यतिबेला पनि १२ बिघाको बगैंचा थियो । ....... २०२० सालमा म काठमाडौं पढ्न जाँदा मेरो गाउँमै एउटा मात्र साइकल थियो, एक जनाले मात्र हातमा घडी लगाउनुभएको थियो । ........ तर, पानीको स्रोत सुकेको छ । किनकि यहाँको चारकोसे झाडी नष्ट भएको छ । चुरे दोहन भइरहेको छ । यहाँ पाँचवटा मुख्य सडक छन् । हुलाकी राजमार्ग पनि निर्माणको क्रममा छ । पूर्वपश्चिम राजमार्ग पनि सञ्चालनमा छन् । राजमार्ग निर्माणका लागि भन्दै वन विनाश भएको छ । .

The Tide Is Turning