Friday, April 22, 2022

News: April 22

पालिकाको नेपाली विकास मोडल इच्छाशक्ति र बलियो नेतृत्व भए कसरी कुनै प्रदेश वा पालिकाले आमूल परिवर्तन ल्याउन सक्छ भन्ने उदाहरणहरु धेरै छन् । जस्तो कि, भारतको आम आदमी पार्टीको सरकारले दिल्लीको सार्वजनिक शिक्षाको गुणस्तरमा छोटो समयमै धेरै उपलब्धि हासिल गर्‍यो । ....... यसअघिको स्थानीय चुनावमा गरिएका घोषणाहरूको उपलब्धि केकति भयो र अब त्यही अनुभवमा टेकेर अघि बढ्ने भन्ने समीक्षा कतै भएको देखिँदैन । ...... सहरको फोहोरसम्म उठाउन नसक्ने धेरै पालिकाले यसअघिको स्थानीय चुनावमा ‘स्मार्ट सिटी’ को नारा लगाएको देखियो । मोनोरेल र मेट्रोको नारा दिने काठमाडौं महानगरले करोडौं बैंकको मुद्दती खातामा राखेर ब्याज खाएको पनि सुनियो । ....... सिंगापुरजस्तो नवविकसित देश वा नर्वे, स्विडेन, डेनमार्क र फिनल्यान्डजस्ता कल्याणकारी राज्यहरूको इतिहास र भू–अवस्था के हो; विकासनीतिको नेतृत्व कसरी सुरु भयोÙ भ्रष्टाचारको नियन्त्रण र सुशासन कसरी कायम भयो आदिको समीक्षा गरी त्यहाँको विकासबाट सिक्नु एउटा पक्ष हो, तर नेपाललाई हुबहु त्यस्तै बनाउने भन्नु आफैंमा नारा मात्रै हो । कुनै गाउँ, सहर, समाज वा देशको विकास त्यहाँको मौलिकता अनुसार हुनु राम्रो मानिन्छ । ......... केन्द्र र प्रदेशको राजनीतिक अस्थिरता, अस्पष्ट विकासनीति र अकासिएको प्रशासनिक खर्चका तुलनामा स्थानीय तहप्रति समग्रमा नेपाली जनताको अभिमत सकारात्मक देखिन्छ । ....... ७० प्रतिशत जनता स्थानीय तहसँग सन्तुष्ट रहेको र करिब ८५ प्रतिशत जनताले स्थानीय तहलाई भरोसा गर्ने देखाएको थियो  ....... पालिकाका न्यायिक समितिका कामले न्यायालयमा मुद्दाको चाप घटाएको छ । स्थानीय तहमार्फत विकासमा महिलासहित समाजका सीमान्तीकृत र अल्पसंख्यकको प्रतिनिधित्व बढेको छ । ........ अर्कातिर डोजरे, भ्यु टावर र गेट बनाउने विकासले प्रश्रय पाउनुका अलावा स्थानीय तहको बजेट परिचालनमा अनियमितता र भ्रष्टाचार, बेरुजु आदि समस्या छन् । ....... अहिले अख्तियारमा आउने करिब एकतिहाइ उजुरीहरू स्थानीय तहका छन् । इन्डोनेसियामा यस्तै अवस्था हुँदा त्यहाँको भ्रष्टाचार निवारण संस्थाले एकैचोटि एक सय मेयरको अनुसन्धान गरेर मुद्दा दायर गरेको थियो । .



Biden calls Putin's actions 'genocide' unverified claims that Russia used chemical weapons in the besieged city of Mariupol. ...... Mariupol's mayor said 21,000 residents of the city had been killed since the start of the invasion; he accused Russian forces of bringing mobile crematoria to the city to dispose of the bodies. ....... Ukrainian security services have captured Viktor Medvedchuk, a pro-Kremlin Ukrainian politician and close friend of Putin who escaped house arrest early in the invasion. ....... Nearly two-thirds of all Ukrainian children have fled their homes since the start of the war, according to the United Nations children’s agency.

No comments: